News

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने
साउदी अरबका महिलाले आफैं सवारी साधन हाँक्न पाउने भएका छन्। उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ।
लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका हुन्।
महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचार संस्थाले यसअघि नै जनाएका थिए।
साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र अब यही आइतबारबाट नै उनीहरुले यस्तो अधिकार पाएका जनाएको छ।
महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए।
विश्वमा साउदी अरेबिया मात्र एक मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाएका थिएनन्। अब उनीहरुले यो अधिकार प्राप्त गरेका साउदी सरकारले जनाएको छ।
साउदीको विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए। सो कानूनमा संशोधन गरी राजाले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन्।
यसअघि पनि लुकिछिपी महिलाले गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलाहरुमाथि कडा जरिवाना गरिन्थ्यो। कतिपयले जेल सजायँ नै भोग्नुपरेको पनि बताइएको थियो।
केही महिनाअघि सरकारले यो नीति बनाएर जुनदेखि सवारी आफै हाँक्न दिने बताएको थियो। त्यो नीतिको घोषणा भएपछि यहाँ महिलाका लागि सवारी चालकसम्बन्धी तालिम र सवारी चालक अनुमति पत्र दिने प्रक्रियाको सुुरुवात भएको थियो।
कैयौँ महिलाले सवारी चालनसम्बन्धी तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ। अधिकारीहरुले आइतबार महिलाले सवारी चलाउने कार्यको सुरुआत एक विशेष कार्यक्रममार्फत गरिने जनाएका छन्।
संयुक्त राज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन्। उनीहरुले साउदी सरकारको यस कदमलाई मानवअधिकारको पक्षमा एउटा महत्वपूर्ण कदम भनेका छन्।
Source : Setopati, प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५, 
Date: June 25, 2018


मलेसियामा कामदार चढेकाे बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते
काठमाडौँ — मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो ।

उनीहरुकाे पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । ‘मेरो टाउकोमा सामान्य चोट लागेको छ,’ दुर्घटनामा घाइते भएका दाङका सागर मगरले भने, ‘अहिले उपचार भइरहेको छ ।’

घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए । घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियाे ।‘म तरकारी किन्न जाँदै थिए । साथीहरु दुर्घटनामा परेर सडक छेउमा लडिराख्नुभएछ । केही मात्रै गम्भीर घाइते भएको देखिन्छ । अरु सामान्य घाइते देखिए,’ उप्रेतीले भने ।

प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् । ‘कम्पनीमा अरु खालको समस्या त खास छैन,’ उनले भने, ‘यही डिउटी जानआउने बेला अलि डर हुन्छ ।’
Source : Katipur, प्रकाशित : असार ११, २०७५ ०९:१७
Date: June 25, 2018


Labour Minister hints at crackdown on

Kathmandu, May 17
After its success in dissolving transport entrepreneurs’ syndicates, it seems, the government is now preparing to launch another crackdown on similar practices in foreign employment recruitment sector.
Minister for Labour, Employment and Social Security Gokarna Bista claims that he has already told the Ministry of Home Affairs to launch an investigation and take action against organisations which have been carrying out various activities to pocket undue commissions from workers in the sector.
A source claims that the Home Ministry is currently preparing to respond to Bista’s request in action. The government may file organised crime and fraud cases against people and organisations fleecing foreign employment aspirants, according to the source.
Minister Bista organised a press conference in Kathmandu to claim that the government would not let businesses collect additional charges from foreign employment aspirants other than those fixed by the government and those mentioned in employment contracts.
“The system in which thousands of Nepalis get cheated in the interest of a handful of people will not last long,” Bista said, “The government will scrap all illegal activities.”
Published on May 17th, Thursday, 2018 2:02 PM
Date: June 22, 2018


Nepal may stop sending workers to Malaysia till labour agreement

Kathmandu, June 21
The government of Nepal says it may stop sending migrant workers to Malaysia, one of the most popular labour destinations for Nepali youth, till the two countries sign a labour agreement.
The Ministry of Labour, Employment and Social Security says it will stop sending the workers as repeated negotiation attempts for the agreement failed. However, the Ministry says workers who are at the final stage of obtaining labour permit will not be barred from flying.
Currently, the process of sending workers to this country has been halted after the government has stopped giving labour permits in a bid to stop activities of various companies involved in fleecing migrant workers. Instead, the government is preparing to sign a labour agreement.
The two countries have already held rounds of discussions for the agreement, but in vain mainly due to the apathy of host government.
After the two governments sign such agreement, workers’ minimum wage and other facilities, insurance, security benefits and other issues will be decided beforehand.
“Currently, there are many problems are physical and financial security of our workers in Malaysia,” an official at the Ministry says, “Therefore, we have begun discussions about sending the workers only after signing the labour agreement.”


Published on OnlineKhabar.com ,June 21st, Thursday, 2018 1:48 PM
Date: June 22, 2018